October 4, 2021 Uncategorized 0 Comments

न्यू योर्क राज्यद्वारा मे २९ तारिखलाई Mt. Everest Day (सगरमाथा दिवस) को रूपमा मनाउने घोषणा

        विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष मेई २९ मा मनाइँदै आईरहेको अन्तरराष्ट्रिय सगरमाथा दिवस आगामी वर्ष देखि न्युयोर्कको राजधानी आल्बानीमा पनि मनाउने घोषणा भएको छ । आज न्युयोर्क एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारले आगामी वर्ष देखि आल्बानीमा भव्यताका साथ मनाउनको लागि आमन्त्रण गरे पछि यो दिवसले थप उचाई प्राप्त गरेको महसुस भएको छ ।



प्रेस विज्ञप्ती ।
अक्टोबर २, २०२१

बिषय : अबदेखि न्यू योर्क सरकारले सगरमाथा दिवस मनाउने ।

हिमाल आरोहणका क्रममा दिवंगत हुने सम्पूर्ण साहसी पर्वतारोहीहरुको सम्मानमा मौन धारण गरी शुरु भएको अन्तरराष्ट्रिय सगरमाथा दिवसको घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवस (International Mt. Everest Day) लाई आगामी वर्ष सन् २०२२ देखि न्यू योर्कको राजधानी अल्बानीमा समेत मनाईने भएको निर्णय न्यू योर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले आज (अक्टोवर २) आयोजित विशेष समारोहमा घोषणा गर्नु भयो । नेपाल सरकारले मेई २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवस (International Mt. Everest Day) को रुपमा मनाउने निर्णय गरे पछि यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरुले मनाउदै आई रहेको हो । स्मरणीय छ, विगतका वर्षहरुमा सगरमाथा दिवस मनाउन यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्यू योर्कस्थित नेपाली महावाणिज्य दूतावास, American Alpine Club, Explorer Club of USA, New York City Outbound र United Sherpa Association जस्ता संस्थाहरुसँग सहकार्य गर्दै आएको थियो ।

 

आज न्यू योर्क एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारले आगामी वर्षदेखि आल्बानीमा भव्यताका साथ मनाउनको लागि आमन्त्रण गरे पछि यो दिवसले थप उचाई प्राप्त गरेको महसुस भएको छ ।

विभिन्न विश्व कीर्तिमानी आरोहीहरुको गरिमामय उपस्थितिले आजको कार्यक्रमको शोभा बढाएको थियो । जम्मा साठी जना आरोहीहरुलाई वहाँहरुको साहस त्याग र ईमान्दारिताको लागि एसेम्ब्लीमेम्बर राजकुमारबाट सम्मानपत्र प्रदान भयो । यस कार्यक्रम सफल पार्न दिन रात खट्ने सदस्य र स्वयंसेवकहरुलाई पनि वहाँले कदरपत्र प्रदान गर्नु भएको छ । सम्मान र कदरपत्र प्राप्त गर्नु हुने सबैलाई हार्दिक वधाई ।

एसेम्ब्ली मेम्बर राजकुमारले अन्तरराष्ट्रिय सगरमाथा दिवस र विश्व बिख्यात नेपाली पर्वतारोहीलाई दिनु भएको यो उच्च सम्मान प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं । समारोहमा उपस्थित भई शुभकामना व्यक्त गर्नु हुने नेपाली महावाणिज्य दूत विष्णुप्रशाद गौतम, क्वीन्स बोरोका भाईस् प्रेसिडेन्ट रोन्डा विन्दा लगायतका जनप्रतिनिधिहरु, नेपाली समुदायका विशिष्ट ब्यक्तित्वहरु, दाता महानुभावहरु, पर्वतारोही मित्रहरु, पत्रकार, बुद्धिजीविहरु लगायत हामीलाई अपार माया दिनु हुने सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई पनि सादर धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।

यस कार्यक्रम आयोजना गर्नका हातेमालो गर्ने साझेदारी संस्थाहरु नेपाली महावाणिज्य दूतावास परिवार, युनाइटेड शेर्पा एसोसिएशन र जिपिके फाउन्डेशनसँग सहकार्यको अनुभव अत्यन्तै सुखद रह्यो। वहाँहरु लगायत सहयोगी संस्थाको रुपमा आवद्ध भई हामीलाई थप हौसला प्रदान गर्नु हुने सम्पूर्ण संस्थाहरु प्रति हामी आभारी छौं। अनि कार्यक्रम सफल पार्न निस्वार्थ रुपमा रात दिन खट्ने स्वयंसेवक र सदस्यहरुको जति नै तारीफ गरे पनि कमै हुन्छ ।

अन्तमा आगामी साल मे २९ का दिन न्यू योर्कको राजधानी अल्बानीमा हुन गई रहेको अन्तरराष्ट्रिय सगरमाथा दिवसको अग्रिम निमन्त्रणाका साथ पुन: एक पटक सबैमा धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछौं ।

थुचिक्षे/ धन्यवाद ।

पासाङ शेर्पा
अध्यक्ष

मिङ्मार लामा
महासचिव

यूएस नेपाल क्लाईम्वर्स एसोसिएशन
US Nepal Climbers Associaiton

Share: